मेक्समले ल्याए ‘तिम्रै लागि हो’, भिडिओमा मेक्सम र शिल्पाको जोडी

...

कार्तिक, काठमाडौँ । गायक तथा मोडल मेक्सम खातीले नयाँ गीत सार्वजनिक गरेका छन् । मेक्समले गायिका अस्मिता अधिकारीसँगको स्वरमा ुतिम्रै लागि हो बोलको गीत सार्वजनिक गरेका हुन् । सोमबार दिउँसो सार्वजनिक गीतको भिडिओ मेक्सम नरेश अफिसियल नामक युटुब च्यानल मार्फत सार्वजनिक गरियो । गीतमा भने लय तथा शब्द भने गायक तथा संगीतकार नरेश खातीको छ । यस्तै  गीतलाई श्यामश्वेत रसाइलीको संगीत संयोजन रहेको छ ।  

शिशिर खातीको कोरियोग्राफर तथा निर्देशनमा तयार पारिएको भिडिओमा मेक्सम खाती र शिल्पा पोखरेलको दमदार नृत्य देख्न सकिन्छ । हरि हुमागाईको छायाँकनमा रहेको भिडिओलाई मनोज कार्कीको सम्पादन रहेको छ । भिडिओ सार्वजनिक भएको केहि घण्टामै राम्रो प्रतिक्रिया मिलिरहेको छ ।