मोडलिङमा जमेकी दैलेखकी चेली सन्चिता शाही

...

कार्तिक, दैलेख । नेपाली म्युजिक भिडिओको क्षेत्रमा बिना बिवादित आफ्नो कर्मले अगाडी बढिरहेकी मोडल सन्चिता शाही सम्मानीत भएकी छिन् । केहि समय अघि दैलेखि सेवा समाज काठमाडौंले उनलाई सम्मान गरेको हो । दैलेखलाई प्रतिनिधित्व गर्दै नेपाली म्युजिक भिडिओको क्षेत्रमा गरेको प्रगतीको मुल्यांकन गर्दै उनी समाजद्धारा सम्मानीत भएकी हुन् । उनले पूर्व राज्यमन्त्री कुन्ती कुमारी शाहीको हातबाट सम्मान पत्र ग्रहण गरिन् ।

कलाकारिताको क्षेत्रमा आफ्नो जीवनको महत्वपुर्ण क्षणलाई प्रवाह नगरी लगातार महत्वपुर्ण योगदान पुर्याउनु भएको हुनाले यहाँको उच्च मुल्यांकन गर्दै यो सम्मान पत्र प्रदान गरिएको छ । सम्मान पत्रमा लेखिएको छ । सम्मान पत्र ग्रहण गरेसँगै मोडल शाहीले दैलेख सेवा समाज काठमाडौंसँगै समाजका अध्यक्ष प्रताप शाहीलाई धन्यवाद दिएकी छिन् । 

sanchita-shahi-model-artist-khabar.jpg

मोडल शाहीले पछिल्लो पाँचबर्षमा झण्डै तीनसय म्युजिक भिडिओमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका गीत मध्ये दुबो हरियो, मायाले फसायो, घायल बनाई, हुरी लगायतका गीत चर्चामा आएका गीत हुन् ।