‘दिमाग खराब’ हेरेर सुटुक्क निस्किए बालेन शाह (भिडिओ रिपोर्ट)

...

कार्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) पछिल्लो समय सार्वजनिक कार्यक्रममा खासै हिड्दैनन्, मिडियामा पनि खासै बोल्दैनन् । उनले आफ्ना कुरा राख्नुपर्ने आफ्नै सामाजिक सन्जाल प्रयोग गर्छन् । गएको बिहीबार राती बालेन शाह चलचित्र ‘दिमाग खराब’ हेर्न पुगे । निश्चल बस्नेतको निर्देशनमा बनेको यो चलचित्रको प्रिमियरको निम्तालाई स्विकार्दै उनी चलचित्र हेर्न पुगे । चलचित्र हेरिसकेपछि उनी सुटुक्क हतार हतार गर्दै बाहिरिए । मिडियालाई कुनै प्रतिक्रिया दिन चाहेनन् । कतिपय मिडियाले तस्बिर समेत खिच्न भ्याएनन् । 

पछिल्लो समय धेरैजसो चलचित्रकर्मिले आफ्नो चलचित्रको प्रिमियरमा बालेनलाई निम्ता गर्छन् । तर उनी सबै चलचित्रका कार्यक्रममा पुग्दैनन् । तर दिमाग खराबको प्रिमियरमा भने पुरा चलचित्र हेरे । कारण थिए निश्चल बस्नेत । बालेनलाई निश्चलले ब्यक्तिगत रुपमा पनि धेरै साथ दिएका छन् । बालेन मेयर बन्नु पुर्वनै निश्चलले चुनावको समयमा पनि निकै साथ दिएका थिए । त्यसैले पनि सायद निश्चलको निम्तालाई अस्विकार गर्न सकेनन् ।

बालेनसँगै प्रिमियरमा उपसभामुख इन्दिरा राना, रास्वपा सभापति रवि लामिछाने, सांसद ज्ञानेन्द्र शाही, सोबिता गौतम, हरि ढकालसहित कलाकारहरु हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, अशोक शर्मा, सन्तोष सेन, विनय श्रेष्ठ, भोलाराज सापकोटा, क्रिकेटरहरु पारस खड्का र रोहित पौडेललगायत पुगेका थिए । स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, बिजय बराल लगायतका कलाकारहरुको मुख्य भूमिकारहेको दिमाग खराब चलचित्र आज कार्तिक २४ गतेबाट रिलिजमा आएको छ । प्रिमियरमा  केहि कलाकारले दिएको यो छोटो प्रतिक्रिया हेरौँ ।