धुर्मुसले सभापती बनेका शेर बहादुर देउवालाई यसरी गरे व्यंग्य (भिडियो)

...

फागुन, काठमाडौं । देशमा जुझारु युवा नेताको आवश्यकता आम जनताले महसुस गरेका छन् । तर, देश होस् वा राजनितिक पार्टी, नेतृत्व तहमा कपाल फुलेका नेताहरु नै बढी देखिन्छन् । यद्यपी, उनीहरु आफुलाई युवा नेता नै भन्ने गर्छन् ।
dhurmus gateup of sher bahadur deuwa 1नेपाली काँग्रेसको १३ औँ महाधिवेशनले शेर बहादुर देउवालाई सभापतिमा निर्वाचित गरेको छ । यसै मेसोमा हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले कपाल फुलेका युवा नेताहरुप्रति व्यंग्य गर्दै एक अन्र्तवार्ता दिएका छन् । नेपाली हाँगाबिगा पार्टी सभापतिका रुपमा नक्कली शेर बहादुर देउवा बनेर धुर्मुसले रमाइलो अन्र्तवार्ता दिएका हुन् ।

यस अघि पनि धुर्मुसले प्रधानमन्त्री केपी ओली बनेर यस्तै व्यंग्यात्मक कार्यक्रम नरपशुमन्त्रालय निर्माण गरेका थिए । धुर्मुस सुन्तलीको निर्देशनमा तयार भएको अर्जुन के.आर सँगको अन्र्तवार्ता यस्तो छ ।