‘मिष्टर ग्लोवल’मा सहभागी हुन थाइल्याण्ड उडे मिष्टर नेपाल कार्की

...

मंसिर, काठमाडौंँ । ‘मिष्टर नेपाल’ विजेता समर्पण जंग कार्की थाइल्याण्ड उडेका छन् । थाइल्याण्डमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिष्टर ग्लोवल २०२३’मा नेपालको प्रतिनिधित्व गर्न उनी शुक्रबार साँझ त्यसतर्फ उडेका हुन् ।

प्रतियोगीताको फाइनल २६ नेभेम्बरमा हुँदैछ । कार्की नेपाली कलासंस्कृति सहित प्रतियोगीतामा सहभागी हुन लागेको हुन् । प्रतियोगीताका लागि उनको फेसन ज्वालाराज पोखरेलले तयार गरेका छन् ।

थाइल्याण्ड उड्नु अगाडि एयरपोर्टमा संचारकर्मीसँग कुरा गर्दै कार्कीले यो पटक प्रतियोगीताको ताज नेपाल भित्र्याउने लक्ष्य सहित आफु सहभागी हुन लागेको बताए ।
बिराटनगरका कार्कीले केही अगाडि न्युलुक ‘मिष्टर नेपाल २०२३’को उपाधि जितेका थिए । उक्त उपाधि सहित उनले प्रतियोगीतामा सहभागी अवसर प्राप्त गरेका हुन् । पेशाले पाइलट कार्कीलाई प्रतियोगीतामा नेक्स्ट मोडल्स नेपालले पठाएको हो ।