नयाँ चलचित्र  ‘कंगारु’ बन्ने

...

मंसिर, काठमाडौँ । नयाँ नेपाली चलचित्र  ‘कंगारु’ बन्ने भएको छ । चलचित्रलाई  ‘लाखे’का निर्देशक सम्राट बस्नेतले निर्देशन गर्दैछन् । राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रलाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिने निर्देशक बस्नेतले बताए । यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएको थियो ।

फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मस्सँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । चलचित्रमा प्रेम थापा र धन बहादुर गुरुङको लगानी रहनेछ ।

kangaru-movie (2).jpg

चलचित्रको सह–निर्मातमा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन् । टिका भण्डारी र सन्तोष अधिकारी (अष्ट्रेलिया) कार्यकारी निर्माता रहेको यो चलचित्रको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट (अष्ट्रेलिया) रहेको छ । फिल्ममा सिमा गुरुङको कथा, महेश दवाडीको पटकथा रहेको छ । चलचित्र निर्माणमा लक्ष्मी ज्वेलर्स (यूके)ले पनि सहकार्य गरेको छ ।

चलचित्रका लागि विभिन्न कलाकारहरुसँग कुराकानी भएको र चाडै नै फाइनल गर्ने निर्माणपक्षले बताएको छ । चलचित्रको छायांकन फागुनदेखी सुरु बताइएको छ ।