पाँचौं ज्योती फिल्मस् म्युजिक अवार्डको उत्कृष्ट ५ सार्वजनिक, फिनाले दुबईमा हुँदै

...

मंसिर, काठमाडौं । आगामी पुस १ गते दुबईमा सम्पन्न हुन गईरहेको ‘पाँचौं ज्योती फिल्मस् म्युजिक अवार्ड– २०८०’ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । रोयल मुभिज प्रा.लि.को प्रस्तुतीमा बिगत चारबर्षदेखी नेपालमा आयोजना भइरहेको ज्योती फिल्मस् म्युजिक अवार्ड यसबर्षको पाँचौं संस्करणको फिनाले युएईको बरदुबईमा हुँदैछ । 

जम्मा ३३ बिधा रहेको यस अवार्ड यसपटक जाजरकोट र रुकुम भुकम्प पिडितको सहयोगार्थका लागि आयोजना हुँदैछ । रोयल मुभिज प्रा.लि.को प्रस्तुति र सिन्धुपाल्चोक सेवा समाज यू.ए.ई.) को सहकार्यमा पुस १ (१७ डिसेम्बर, २०२३)मा याक एण्ड यति ग्राण्ड एस्टोरिया होृटल बरदुबईमा आयोजना हुने रोयल मुभिजका अध्यक्ष निरेन श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार नेपालबाट झण्डै ३० जनाको कलाकार र आयोजकको टिम अवार्ड समारोहका लागी दुबई जाने तयारी भइरहेको छ । 

अवार्डको आयोजक समितिमा अध्यक्ष निरेन श्रेष्ठ, कार्यक्रम संयोजक राजेन्द्र पुरी, उपाध्यक्ष रमेश श्रेष्ठ, कोषाध्यक्ष उमादेवी श्रेष्ठ, सचिव अस्मिता धमला, सदस्यहरु पूर्णिमा घिसिङ, तारा भण्डारी, बि.एन नारायण बहादुर र केशब राना रहेका छन् । अवार्डको मिडिया पार्टनरमा आर्टिष्ट खबर डटकम रहेको छ ।

Top 5 lists: