राजु मास्टरको नयाँ सिरियल ‘सकस’ आजबाट आउँदै

...

मंसिर, काठमाडौँ । कलाकार राजु पौडेल (राजु मास्टर)ले नयाँ सिरियल ‘सकस’ आजबाट प्रसारणमा ल्याउने भएका छन् । राजुको लेखन तथा निर्देशनसँगै अभिनय रहेको यस सिरियल सामाजिक कथामा आधारीत भएर निर्माण गरिएको छ । राजुका अनुसार समाजकै कथालाई पर्दामा उतारिएको हो । 

सिरियल हिमालय टेलिभिजनमा आज (शनिबार) साँझ ७ बजे प्रसारण हुनेछ भने ‘मास्टर टिभी’ नामक युट्युव च्यानलमा ७ः३०मा अपलोड हुनेछ । सिरियलमा राजुसँगै तारा केसी, लक्ष्मीनाथ तिमल्सिना, लोकेन्द्र लेखक, दिपक शर्मा, कमला रेग्मी, अशोक सिवाकोटी, अनिता बस्नेत लगायतको अभिनय रहेको छ । आजदेखी ‘सकस’ प्रत्येक सनिबार प्रसारणमा आउने राजुले आर्टिष्ट खबरलाई जानकारी दिए । उनी भन्छन्, ‘हामी केहिसमय अघिदेखी तयारीमा थियौँ । अब भने प्रत्येक सनिबार तोकिएको समयमा आउनेछ ।’

राजुले मरिचमान श्रेष्ठ (बल्छि धुर्बे)सँग मिलेर ‘जुठे’ सिरियल पनि लामो समयदेखी सन्चालनमा ल्याइरहेका छन् । ‘जुठे’मा राजु र मरिचमान दुबैको लेखन, निर्देशक तथा अभिनय रहेको छ । यस्तै केहिसमय अघि ‘हल्का रमाइलो’को लेखन तथा निर्देशनमा पनि राजु थिए भने अहिले हल्का रमाइलोमा राजुको संलग्नता छैन ।