धुर्मुस सुन्तली १५ औं वैवाहिक बर्षगाँठको उपलक्ष्यमा ‘भगवान कसम’ सार्वजनिक

...

मंसिर, काठमाडौँ । हास्य टेलिसिरियल ‘सक्किगोनी’ का निर्देशक तथा कलाकार कुमार कट्टेल ‘जिग्री’ ले आफ्नो दाईभाउजुको १५ औं वैवाहिक बर्षगाँठको उपलक्ष्यमा ‘भगवान कसम’ बोलको गित कोसेली स्वरुप सार्वजनिक गरेका छन । 

धुर्मुस सुन्तलीको अभिनय रहेको उक्त गितमा स्वर कुमार कट्टेल ‘जिग्री’ र अनु चौधरीको रहेको छ भने उक्त गितका गितकार दिनेश थपलिया हुन । साथै गितमा अर्जुन पोख्रेलले संगीत भरेका हुन । जनकपुरमा सुटिङ भएको उक्त गितमा सक्किगोनिका कलाकार दिपक आचार्य ‘काकु’ ले निर्देशन गरेका थिए । 

जिग्रीको साङ्गितिक यात्रामा यो तेस्रो कोसेली हो । उनको आवाजमा यो भन्दा अगावै ‘मन्जरी’ र  ‘मायाले जीवन सजाउ’  बोलको गित समेत सार्वजनिक भईसकेको छ ।