६ करोडको लगाानीमा ड्रिम वल्ड पार्क संचालनमा

...

मंसिर, काठमाडौँ । चन्द्रागिरि नगरपालिका वडा नंं ७ स्थित घुमाउनेटोलमा  ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा आएको छ । निरन्तर १८ महिना निर्माण कार्य गरेर नेपालमा हालसम्मकै सबैभन्दा ठूलो क्षेत्रफ़ल र लगानीमा सो एम्यूजमेन्ट अर्थात मनोरञ्जन पार्क सञ्चालनमा ल्याइएको हो । 

६ करोड लगानीमा निर्मित तथा ५ रोपनी क्षेत्रफलमा रहेको चार तल्ले भवनको तीन वटा तल्ला रमाइला थ्रीडी आर्ट तथा विभिन्न आकृतिहरुको भरिएका छन् । पर्याप्त पार्किंग स्थल सहितको सो पार्कमा आउने आगन्तुकका लागि विभिन्न परिकारहरूसंग रमाउन फास्टफुड क्याफे तथा रेस्टुरेन्ट पनि संचालन गरिएको छ ।

3d-park-ktm.jpg

यस सम्बन्धि जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा पार्कका अध्यक्ष सुमन किशोर पुनले आधुनिक तथा ब्यस्त जीवनशैली,बढ्दो शहरीकरणका कारण मानिस साँघुरो क्षेत्रमा सीमित भै उकुस मुकुस वातावरणमा आफ्नो दिनचर्या खुम्च्याउनुपर्ने अवस्थामा रहेको,घुमफिर  गरेर आनन्द लिने र शरीर तथा मनलाई पुनर्ताजगी दिने वस्तु तथा स्थलको माग दिन दिनै बढ्दै गैरहेकोले  ड्रिम वर्ल्डको परिकल्पना गरिएको बताए ।

3d-park-nepal.jpg

ड्रिम वर्ल्ड भित्रका आकृति तथा संरचनालाई क्रमशः थ्रीडी आयामको भ्रम, दिव्य कोठा, भ्रमको हल, बलहरूको क्षेत्र, बालबालिका क्षेत्र, प्रेमको यात्रा, इन्टरगालेक्टिक स्पेस गरेर सात सेग्मेण्टमा बाँडिएको छ । ब्यस्त जीवनबाट थकित र पट्यार लागेको मानसिकतालाई पुनर्ताजगी दिन, आफ्ना नानीबावुहरूलाई पनि केही सिक्न र सिकाउन एउटा उचित गन्तव्य बनेको देखिन्छ । शनिवारदेखि  १  महिनासम्म सबै आगन्तुकहरूलाई सेवा सुरु भएको अवसरमा नियमित टिकट मूल्यमा २५ प्रतिशत छुट गरेर प्रतिव्यक्ति रू ४५० मात्र कायम गरिएको जानकारी ड्रिम वर्ल्डले दिएको छ।