आँचलको हिटम्यानको पोस्टर र टिजर रिलिज

...

मंसिर, काठमाडौँ । नेपाली फिल्मलाई  बिश्वब्यापी रिलिज गर्ने उद्देश्य सहित  बनाइएको इन्डो नेपाली  फिल्म  हिटम्यानको मोशन पोस्टर र टिजर रिलिज गरिएको छ । नेपालको काठमाडौं र पोखरा अनि भारत, फ्रान्सको पेरिस तथा दुवैमा खिचिएको छ ।

आगामी फागुन अर्थात् फेब्रुअरीमा रिलिज गरिने चलचित्रको अफिसियल प्रदर्शन मिति केही समयमा सर्वजनिक गरिने चलचित्रका निर्माता तथा निर्देशक बिष्णु अधिकारीले बताए । चलचित्र नेपालीसंगै हिन्दी, तिलुगु, तमिल, कन्नडा, मल्यालम, अरबी र  चाईनिज गरी दश भाषामा रिलिज गरिने छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मीहरुमाझ चलचित्रको टिजर सार्वजनिक गरिएको हो । टिजरमा मुख्य कलाकार विष्णु अधिकारी देखिएका छन् । टिजरमा आँचलको भने कुनै पनि दृश्य समावेश छैन ।

 

पत्रकार सम्मेलनमा उपस्थित आँचलले टिजरमा आफू नदेखिएको बताइन् । चलचित्रको ट्रेलरमा भने भारतसँगै नेपाली दृश्य र कलाकार समेत देखिने कलाकार विष्णु अधिकारीले बताए ।

यो चलचित्रमा प्रशान्त ताम्राकार र मिलन सिजापतिको पनि मुख्य भूमिका छ । केही अभिनेत्रीहरुसँग आफूहरुले कुरा गरेपनि अन्तिममा आँचल शर्मा भूमिकामा फिट भएको विष्णुले बताए । चलचित्रले नेपालको सुन्दरता प्रस्तुत गर्ने उनको भनाइ छ ।

आँचलले तेलुगू चलचित्र भएपनि आफूले नेपाली भाषा नै बोलेको बताइन् । तर, आफूले तेलुगू भाषा भने केही सिकेको उनले बताइन् । ९९ सिनेमाज र इष्ट एण्ड वेस्ट इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा दिपक अधिकरी निर्माता र सन्नी लावती सहनिर्माताको रुपमा रहेका छन् ।