द भ्वाइसमा दक्षिण सिक्किमका बिवेक बस्नेत (भिडिओ रिपोर्ट)

...

मंसिर, काठमाडौं । यतिेबला गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को सिजन ५ प्रसारण भइरहेको छ । नकआउट राउण्डमा पुगेको द भ्वाइसमा दक्षिण सिक्किमका बिवेक बस्नेत पनि पुगेका छन् । उनी कोच उदय सोताङको टिममा रहेका छन् ।

उनी द भ्वाइसमा आउनुभन्दा अगावै इन्डियन आइडल, राइजिंग स्टार, सारेगमप, नर्थ इस्ट गट ट्यालेन्ट जस्ता रियालिटी शोमा पनि पुगिसकेको बताएका छन् । ‘धेरै शोहरुमा पुगेँ तर टेलिभिजन राउण्डसम्म पुग्न नपाउँदै बाहिरिएको थिएँ ।’ बिवेकले आर्टिष्ट खबरसँग भने । ‘द भ्वाइस निकै पपुलर रियालिटी शो हो, यहाँ पहिले देखि आउनुमन थियो । अहिले आएको छु र नकआउट राउण्डसम्म पुग्न पाउँदा खुसी लागेको छ ।’

the-voice-of-nepal.jpg
कोच उदयको टिममा नकआउट राउण्डसम्म बिवेकसँगै रोजिना बस्नेत र कुमार प्रयासपनि रहेका छन् । द भ्वाइस आफ नेपाल हिमालय टेलिभिजन र द भ्वाइस अफ नेपालको युट्युव च्यानलमा प्रत्येक शुक्रबार र शनिबार साँझ ८ः३० बजे प्रसारण हुँदै आएको छ ।

Full Interview:

 
तस्बिर/ भिडिओः नविन चापागाईं/ आर्टिष्ट खबर