इनारमाथि नाँचेको भिडिओमा आलोचना आएपछि प्रकाश भन्छन्, ‘माफी चाहान्छु’

...

मंसिर, काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपूत बेलाबेलामा केहि न केहि झमेलामा परिरहन्छन् । कहिले उनको आफ्नै गीतका कारण विवादमा तानिन्छन् भने कहिले अरुकै गीतमा नाँच्ने क्रममा विवादमा पर्छन् । 
केही दिनदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा कलाकार प्रकाश सपुत र जुना विश्वकर्माले नृश्य गरेको छायांकनको भिडिओ  क्लिपको बिषयमा चर्चा हुन थालेको छ । उक्त भिडिओ क्लिपमा प्रकाश र जुनाले काठमाडौंको बसन्तपुरस्थित कुमारी घरनजिकै रहेको इनारमाथि नाचेको देखिन्छ । जीवित देवी कुमारीले प्रयोग गर्ने इनारमा कलाकारहरूले नाचेपछि आलोचना भएको हो । 

कुमारीले प्रयोग गर्ने पानी ल्याउने इनारमा सुटिङ गरेर नेवाः सभ्यता र संस्कृतिमाथि अपमान गरेको भन्दै कलाकारहरूको आलोचना भइरहेको छ । यो भिडिओ क्लिप हालसालै खिचिएको भने होइन । यो करिब चार महिनाअघि ‘कमाउने नि हो, रमाउने नि हो’ भन्ने बोलको गीतको सुटिङ गरेको भिडिओ क्लिप हो । यो गीतको पूरा भिडिओ छायाङ्कन हनुमान ढोका दरबार परिसरमा भएको थियो ।

कलाकार प्रकाश सपूतले भने अहिले उक्त भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल भएपछि मात्र आफूले थाहा पाएको बताएका छन् । उनले भनेका छन्, ‘भिडिओ क्लिप भाइरल भएपछि मात्रै मैले थाहा पाएँ। त्यो पुरातात्विक हिसाबले महत्व बोकेको इनार रहेछ ।गीत सार्वजनिक भएको महिनौंपछि यो क्लिप कसरी निस्कियो थाहा छैन। तर हामीबाट गल्ती भएको छ, क्षमा चाहन्छौं ।’ उनले आफ्नो भिडिओ क्लिपलाई लिएर आलोचना भइरहँदा आफूले निर्देशकले भने अनुसार गर्नुपर्ने बताउँछन् । उनले गल्ति भन्दै माफि मागेका छन् । 

उनले भनेका छन्, ‘त्यो भिडिओमा म कलाकार मात्र थिएँ। अरूले नै निर्देशन गर्नुभएको थियो,’ तर यसो भन्दैमा म त्यसबाट पन्छिन त मिल्दैन। त्यतिबेला पनि इनारमाथि सुटिङ सकाएपछि ुयहाँ त गर्न हुन्न थ्यो किु भनेर टिमलाई लागेको थियो। त्यसैले सार्वजनिक भएको गीतको भिडिओमा उक्त क्लिप पनि समावेश गरिएको थिएन ।’ गीतको भिडिओमा समावेश नभएको तर सुटिङ गरिएको भिडिओ क्लिप भाइरल भएको हो ।

Video Report