अनमोल र जसिताको राती १ बजे आयो यस्तो सेल्फि (भिडिओ रिपोर्ट)

...

मंसिर, काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा नायक तथा नायिकाहरुको प्रेम, बिवाह, बिछोडको कुरा निकै चर्चाको बिषय बन्छन् । कुन कलाकार कहाँ गए, के गरिरहेका छन्, कस्ता तस्बिर सामाजिक सन्जालमा पोष्ट गरिरहेका छन् यस्ता बिषयले पनि मिडियामा स्थान पाइरहेका हुन्छन् । अझ आर्टिष्ट खबरको काम आर्टिष्टहरुको हरेक कुरालाई तपाईमाझ पुर्याउने हो ।

आज हामी यहाँ नायक अनमोल केसी र नायिका जसिता गुरुङको एक सेल्फिको कुरा गर्दैछौं । उनीहरु पहिलो पटक चलचित्र  ‘फर्की फर्की’मा काम गरिरहेका छन् । यो चलचित्रको सुटिङ गएको दुई सातादेखी पोखरामा भइरहेको छ । यसैबिच मंगलबार बिहान १ बजेर ३ मिनेटको समयमा नायिका जसिता गुरुङले एउटा सेल्फी आफ्नो फेसबुक स्टोरीमा पोष्ट गरेकी छिन् । रातको १ बजे लिइएका कारण पनि तस्विर स्पष्ट छैन ।

रातभर सुटिङ भएकाले पनि उनीहरुले सुटिङकै समयमा लिएको तस्बिर भनेर बुझ्न सकिन्छ । यो बाहेक जसिताले पोष्ट गरेको सेल्फीले यी दुइको बढ्दो निकटता पनि प्रमाणित गर्छ । 

रोहित अधिकारी र ओम अग्रवालले मिलेर बनाइरहेको यो चलचित्रमा रवि काफ्ले, समृद्धी अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकार पनि छन् । तर, फिल्ममा जोडिएपछि अनमोल र जसिताको निकटताको चर्चा पनि भइरहेको छ । जसिताले यसअघि लिलिबिली, लभस्टेशन, ज्याकी आईएम ट्वान्टी वन चलचित्रमा काम गरिसकेकी छिन् । अनमोलसँग भने यो उनको पहिलो चलचित्र हो । चलचित्र आउँदो बर्षको जेठ ११ गतेबाट रिलिज हुने तयारीमा छ ।