चलचित्र ‘मायाका रंगहरु’ बन्ने, पल शाह अनुबन्धित

...

मंसिर, काठमाडौँ । केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय चलचित्र ‘मायाका रंगहरु कलर्स अफ लभ’को निर्माण घोषणा गरिएको छ । चलचित्रको मुख्य भुमिकामा अभिनेता पल शाह अनुबन्धित भएका छन् । यो इन्डो नेपाली चलचित्रको छायांकन पल शाहले पुजार सार्कीको छायांकन सकेपछि भारतको सिक्किमबाट सुरु गरिने छ ।

प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने ाचलचित्रको ९० प्रतिशत छायांकन भारतको सिक्किम र बाँकी दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने छ । भद्र भुजेल र राम मेहरा मुख्य सहायक निर्देशक रहने चलचित्रमा सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

maya kaa ranga haru movie.jpg

चलचित्रको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् । पर्यटन पर्वद्वनको लागि चलचित्र भन्ने उदेश्यले निर्माण गरिने यो सिनेमामा ६० प्रतिशत फिल्मकर्मी भारत र ४० प्रतिशत फिल्मकर्मी नेपालबाट लिने तयारी निर्माण टिमको छ ।

नेपाली र हिन्दीमा छायांकन गरिने चलचित्रमा पल शाह बाहेक अन्य कलाकारहरु छनोटको चरणमा रहेको निर्माण टिमले जानकारी दिएको छ । यो चलचित्रले नेपाल र भारतको पर्यटन प्रर्वद्धनमा टेवा पुग्नुका साथै नेपाल र भारतबीच साँस्कृतिक सम्बन्धलाई अझै मजबुद बनाउन सहयोग पुग्ने विश्वास निर्देशक तामाङको छ ।