कमला मगरको पहिलो गीत ‘यो मेरो पिरती’ले चर्चा बटुल्दै

...

पुस, काठमाडौँ । नेपाली सांगितीक क्षेत्रमा पाइला चालेकी नवगायिका कमला मगरको पहिलो गीत सार्वजनिक गरिएको छ । ‘यो मेरो पिरती’ बोलको लोक गीतमा कमलासँगै गायक खेम सेन्चुरीको स्वर रहेको छ । सार्वजनिक गरेकी छन् । रमेस परियारको शब्द र संगीत रहेको गीतको भिडिओ कमला मगर अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरीएको छ ।

गीतको भिडिओमा लोकप्रिय नायक पुस्प खड्का र कबिता नेपालीको अभिनय रहेको छ । मौसम हिमालीको निर्देशनमा निमार्ण गरीएको उक्त गितलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । भिडिओ दुईदिन अघि सार्वजनिक गरिएको हो भने सकारात्मक प्रतिक्रिया आइरहेका छन् । 

गोरखा ४ आरुघाटकी गायिका कमलाले आफ्नो पहिलो कोसेलीमा आएको दर्शक तथा स्रोताको प्रतिक्रियाले आफूलाई खुसी बनाएको बताएकी छिन् । आर्टिष्ट खबरसँग कुरा गर्ने क्रममा उनले आफूले यसपछि पनि निरन्तर गीतसगीतमा समय दिने र छिट्टै अर्को गीतको लागी तयारी भइरहेको बताइन् ।