सद्भाव थिएटरको सहकार्यमा कोलम्बस ईन्टरनेशनल स्कुलको नाटक ‘नासो’

...

पुस, काठमाडौँ । आरोहण गुरुकुल कुञ्ज नाटकघर थापागाउँमा नाटक ‘नासो’ मञ्चन हुने भएको छ । कथाकार गुरुप्रसाद मैनालीको कथामा आधारित नाटक ‘नासो’ यही पुस ४ गतेदेखि पुस ७ गतेसम्म मञ्चन हुनेछ । 

‘नासो’ प्रसिद्ध कथाकार गुरूप्रसाद मैनालीद्वारा लिखित नेपाली कृति हो । मैनालीको बहुचर्चित कथासङ्ग्रह ‘नासो’मा सङ्गृहित चर्चित एघार कथामध्ये ‘नासो’ कथा उत्कृष्ट मानिन्छ । नेपाली समाजका समसामयिक विषयमाथी कटाक्ष गरिएको उक्त नाटकमा घरको कलहले बालबालिकामाथि पर्ने असरको दृष्टिगोचर गर्ने बताईएको छ । अतः यो नाटकले नेपाली समाज र बालबालिकाको मनोविज्ञान नजिकबाट बुझ्नको लागि अझ सहज हुने जनाईएको छ । 

सद्भाव थिएटर नेपालले  सुरूवात गरेको ‘शिक्षाका लागि रङ्गमञ्च’ अभियानलाई निरन्तरता दिँदै कोलम्बस ईन्टरनेशनल स्कुल, मालीगाऊँको सहकार्यमा नाटक नासो यही पुषको पहिलो साता मञ्चन  गर्ने भएको हो । नाटकमा नुबु शेर्पा, क्रीशा बरूवाल, सौगात कक्षपती, साइना स्याङ्ताङ्, युक्ती थापामगर, सुजल काफ्ले, सुयोग्य भण्डारी, ओसिङ आलेमगर, निकेश लामा, सजना माझी लगायत सेजल काफ्लेको अभिनय रहनेछन् । यस नाटकको नाट्यरूपान्तरण तथा निर्देशन राम के.ए.सी.ले गरेका छन् भने सह-निर्देशन किरण चापागाईंको रहेको छ । 

४ दिनको लागि विषेश मञ्चन हुन लागेको यस नाटकको अवलोकनको लागि बुकिङ खुल्ला भई सकेको छ । ईच्छुक विद्यालयहरू, कलेजहरू लगायत अन्य दर्शकहरूको लागि समेत अवलोकन गर्न खुल्ला गरिएको उक्त नाटकको टिकट तीनसय र पाँचसय राखिएको छ ।