फ्रेबुअरी ९ बाट जापान र कोरियामा ‘हात्तीछाप’

...

पुस, काठमाडौँ । माघको २६ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘हात्तीछाप’ पनि अहिले प्रतिक्षामा छ । ‘दिमाग खराब’ रिलिज भएपछि सुनसान बनेको नेपाली चचित्रको बजार अब यो फिल्मले उकास्ने अपेक्षा धेरैको छ ।

यसैबिच, यो चलचित्रलाई फ्रेबुअरी ९ तारिखबाट जापान र दक्षिण कोरियामा रिलिज गर्ने तयारी गरिएको छ । चलचित्रको जापान र कोरिया वितरणको जिम्मा टिम यूएनएले लिएको छ । यूएनए इन्टरटेन्मेन्टले चलचित्रको प्रचार जापान र कोरियामा धमाधम गरिरहेको छ । टिम यूएनएका प्रबन्ध निर्देशक उज्ज्वल गुरागाँइले भने–‘फिल्मको टिजर सार्वजनिक भएपछि जापान र कोरियाका दर्शकले हात्तीछापलाई प्रतिक्षा गरिरहनुभएको छ । यसले, हामीलाई अझै उत्साहित बनाएको छ ।’

किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।

जापान र कोरिया नेपाली चलचित्रका लागि राम्रो बजार मानिन्छन् । यसैले, यो बजारमा ‘हात्तीछाप’ले पनि उत्कृष्ट व्यापार गर्ने विश्वास टिम यूएनएको छ ।