दुर्गा बिरहीको ‘बटुवा (आगनिको छेउ)’ सार्वजनिक

...

पुस, काठमाडौं । गायक, गीतकार तथा संगीतकार दुर्गा बिरहीले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले ‘बटुवा (आगनिको छेउ)’ बोलको लोक लयको गीत सार्वजनिक गरेका हुन् । दुर्गाको शब्द र संगीत रहेको गीतमा राजु परियारसँगै मनमाया वाइवा, राजन भुजेल र गीता बिसीको स्वर रहेको छ । 

गीतमा संगीत संयोजनको काम पुर्ण संयोगले गरेका छन् । गीतको भिडिओको निर्देशन भने शिबन पोखरेलले गरेका छन् । भिडिओमा थुप्रै कलाकारलाई देख्न सकिन्छ । लक्षुमन सुनार, सुष्मा ठकुरी, रिहान शंकर, रायन बस्याल, शंकर सुनार, पंकज घमाल, थमन कयल, केशु पुन, मौसमी राना मगर, प्रिया मगर, पार्बती श्रेष्ठ, लेलिया बिश्वकर्माको अभिनय रहेको छ ।

यस्तै कमेडियनहरु रामु बिरही मल्ल, प्रितिका सापकोटा, भोज मगर र भिम केसीको पनि अभिनय रहेको छ । मनोज सुवेदीले खिचेको भिडिओ अमृत चापागाईंले सम्पादन गरेका हुन् । भिडिओ दुर्गा बिरही अफिसियल युट्युव च्यानलमा हेर्न सकिन्छ ।