‘हात्तीछाप’को ‘मायालु’ बोलको गीत सार्वजनिक

...

पुस, काठमाडौँ । चलचित्र  ‘हात्तीछाप’को ‘मायालु’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडिओमा नायक दयाहाङ राई र नायिका उपासना सिंह ठकुरीलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ । गीतमा हर्क साउदको शब्द, प्रताप दास र ममता गुरुङको स्वर, उज्ज्वल सागरको संगीत रहेको यो गीतले प्रेमको भाषा भन्छ ।

चलचित्रको यो गीतमा दया र उपासनाको रोमान्टिक प्रेम छल्किएको छ । यो गीतको भिडियोले चलचित्र भित्र उपासना र दयाबिच फैलिएको मायालाई देखाएको छ । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविना बास्तोला लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी छ । सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो चलचित्र माघको २६ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, प्रदीप भारद्धाजको लेखन, देव महर्जनको एक्सन, सुशन प्रजापतिको छायांकन छ । रोहित कट्टेलले नेपालमा यो चलचित्रको वितरण गर्नेछन् भने एमएसएम पोष्ट प्रोडक्शनले ओभरसिजमा फिल्मको वितरण गर्नेछ ।

किरण नेपालीको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा पुष्कर गुरुङ, अमलादेवी राई र जय श्रेष्ठको निर्माताको रुपमा छन् । सरोज नेपाली चलचित्रका कार्यकारी निर्माता हुन् ।