अवार्डले थप जिम्मेवारी बनाउँछ: गायिका अमृता श्रीपाल

...

पुस, काठमाडौँ । गायिका अमृता श्रीपालले आफूले पाउने अवार्डले आफूलाई थप जिम्मेवारी बनाउने बताउँछिन् । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा सक्रिए अमृताले गीत गाउँदै जाने क्रममा बिभिन्न संघसंस्थाले अवार्ड प्रदान गर्ने र त्यस्ता किसिमका अवार्डले आफूलाई थप सजग गराउने बताउँछिन् । उनी भन्छिन्, ‘अवार्ड पाएर खुसी मात्र लाग्दैन, भोलीको दिनमा अझ राम्रो गर्नुपर्छ भन्ने जिम्मेवारी थपिएको महसुस हुन्छ ।’ 

गायिका अमृता श्रीपाललाई केहिदिन अघि सम्पन्न साँस्कृतिक राष्ट्रिय म्युजिक अवार्ड २०८० मा जुरी तर्फको अवार्ड प्रदान गरियो । अमृताले उत्कृष्ट लोक तथा दोहोरी गीत गायिका बिधाको अवार्ड प्राप्त गरिन् । यहि पुस ८ (२४ डिसेम्बर)मा चलचित्र बिकास बोर्डको सभाहलमा सम्पन्न अवार्ड समारोहमा अमृताले मदानिमा नेती बोलको गीतबाट उक्त अवार्ड हात पारेकी हुन् । 

singer-amrita-shreepal.jpg

अवार्ड समारोहमा  प्रमुख अतिथी राष्ट्रिय सभाका संघिय संसद अध्यक्ष गणेश तिमल्सिना रहेका थिए । गायिका अमृताले अवार्ड प्राप्त गरिसकेपछि आयोजक टिम र जुरी टिमलाई धन्यवाद ब्यक्त गरिन् । साथै उनले गीतमा मन पराउने सम्पुर्ण दर्शक तथा स्रोतालाई सम्झिइन् । ‘बिशेषगरी गीतलाई सफल बनाइदिने दर्शक तथा स्रोतालाई सम्झिन चाहान्छु । साथै अवार्डको जुरी टिमलाई बिशेष धन्यवाद ।’ अमृताले आर्टिष्ट खबरसँग कुरागर्दै भनिन् । ‘यसरी पाउने अवार्डले भोलीको दिनमा अझ राम्रो राम्रो गीत ल्याउन हौसला पनि मिल्छ ।’

अमृताले यसअघि तीन वटा अवार्ड प्राप्त गरिसकेकी छिन् । उनले बि.स. २०७५ सालमा आयोजीत छाँयाछवि तीज म्युजिक अवार्डमा सवोत्कृष्ट तीज दोहोरी नब गायिकाबाट अवार्ड पाएकी थिइन् भने सोहि बर्षको सातौं म्युजिक खबर म्युजिक अवार्डमा सर्वोत्कृष्ट इनकरेजमेन्ट अवार्ड हात पारेकी थिइन् । यस्तै हिमालयन इन्टरनेशनल नेपाली म्युजिक अवार्ड २०१९ मा नवगायिका तर्फको सर्वात्कृष्ट लोक तथा दोहोरी गायिकाबाट अवार्ड हात पारेकी थिइन् । यस्तै उनले सन् २०१९ मा आयोजीत निम्स अवार्डबाट कला सम्मान पनि पाएकी थिइन् ।

amrita-shreepal-samman.jpg

अमृताका ‘गैरी गाउँको मेला’, ‘दशैं तिहार मनाउन’, ‘खैनीले’, ‘चिलगाडी’, ‘स्यानी’, ‘मदानीमा नेती’ लगायतका गीत सार्वजनिक छन् । अमृता देश तथा बिदेशका सांगितीक कार्यक्रममा प्रस्तुती दिन पुगिरहेकी हुन्छिन् । पछिल्लो समय तेस्रो पटक कतारमा प्रस्तुती दिएर फकिएकी थिइन् । उनले गएको नोभेम्बरमा नुवाकोट सेवा समाज कतारको आयोजना सम्पन्न ‘नुवाकोट साँस्कृतिक साँझ २०२३’ मा प्रस्तुती दिन पुगेकी थिइन् ।