पुस, काठमाडौं । निर्माण भइरहेको नेपाली चलचित्र ‘ह्रस्वदीर्घ’मा अभिनय गर्न बलिउडका चर्चित अभिनेता प्रदीप रावत नेपाल आइपुगेका छन् । उनी शुक्रबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए ।
आर्टिष्ट खबरको टिम बिमानस्थलमा पुग्दा उनी हतारमा देखिन्थे । उनीसँगै तीनजना भारतीय नागरीक साथमा थिए । ‘ह्रस्वदीर्घ’को टिम बिमानस्थलमा स्वागत गर्न भने पुगेको देखिदैनथ्यो । रावत चितवनमा छायांकन भइरहेको चलचित्रको सेटमा सहभागी हुनेछन् ।
अभिनेत्री नीता ढुंगानाले निर्माण गरिरहेको चलचित्रमा रावतले नीताको बुवाको भूमिकामा अभिनय गर्नेछन् । रावत चितवनमा कतिदिन सम्म रहनेछन् भन्ने बारे खुलेको छैन । बुझिए अनुसार चलचित्रमा रावतको सिन धेरै नै छ ।
तमिल र तेलुगू चलचित्रमा समेत अभिनय गरेका रावतले ‘महाभारत’ सिरियलमा अस्वस्थामाको भूमिका निर्वाह गरेका छन् । उनले सरफरोस, लगान, गजिनीमा खलपात्रको भूमिकामा समेत अभिनय गरेका छन् ।
तस्बिरः लक्ष्मण शर्मा/ आर्टिष्ट खबर