शिल्पाको इन्गेजमेन्टको चर्चा, शिल्पा भन्छिन् हल्ला मात्र

...

काठमाडौं । नायिका शिल्पा पोख्रेलले इन्गेजमेन्ट गरेको भन्ने हल्ला यतिखेर निकै सुनिन्छ । तर शिल्पा स्वयमःले भने यो कुरा झुटो भएको बताएकी छिन् । नर्वेमा बस्दै आएका एनआरएन विनोद कार्कीसँग इन्गेजमेन्ट गरेको भन्ने समाचार बाहिर आएपछि यतिखेर शिल्पालाई कुरा बुझ्नका लागी फोनहरु ओइरिएका छन् ।

shilpa-pokhrel-main-imageटेलिभिजन कार्यक्रम चित्रपट बाट शिल्पाको इन्गेजमेन्ट भएको समाचार बाहिरीएपछि यतिखेर अनलाईन पत्रिकाहरुमा समाचार छाईरहेका छन् । तर शिल्पाले साच्चै नै इन्गेजमेन्ट गरेकी हुन् या होइनन् त्यो भने यकिन भइसकेको छैन । शिल्पाको भनाईलाई आधारमान्ने हो भने शिल्पाले आफ्नो इन्गेजमेन्टको कुरा हल्लामात्र भनेकी छिन् ।

शिल्पाले केही महिना अगाडि मात्र काठमाण्डौमा सम्पन्न भएको एन आरएनको सम्मेलनमा नेपाल आएका विनोदसँग इन्गेजनमेन्ट गरेको चर्चा चलेको छ । शिलपाले भने विनोद आफ्नो भिनाजुको भाई रहेको बताउँछिन् ।

image: google