सात वर्षपछि स्टेजमा फर्किए धुर्मुस् सुन्तली (भिडिओ रिपोर्ट)

...

पुस, पोखरा । धुर्मुस् स्टेजमा रुँदै कराउँदै, पल्टिरहेका छन् । उनी चिच्याइरहेका छन् । अगाडी सुन्तली छिन् । सुन्तलीको अगाडी धुर्मुसको रुवाबासी छ । अनि तिनै धुर्मुस् सुन्तलीको अगाडी हजारौं दर्शक छन् । धुर्मुस् रोएको देख्दा हजारौं दर्शक हाँसिरहेका छन् । 
..
यो दृश्य आज पुस १४ गतेको लेखनाथ महोत्सवको हो । ७ बर्षपछि स्टेजमा धुर्मुस् सुन्तलीलाई देख्न पाउँदा हजारौं दर्शकको भिड लागेको थियो । महोत्सवमा दर्शक टनाटन थिए । सिताराम कट्टेल (धुर्मुस्) र कुन्जना घिमिरे (सुन्तली) ७ बर्षपछि स्टेज पुगेका हुन् । यो बिचमा उनीहरु देशभित्रका कुनैपनि स्टेजमा चढेका थिएनन् । बिभिन्न बस्ती निर्माण, बिर अस्पतालको रंग रोघन, रंगशाला निर्माणमा ब्यस्त भए । चर्चा र बिभिन्न विवाद झेल्नुपर्यो । अहिले फेरी उनीहरु कलाकारितामा फर्किएका छन् । 

ds (2).jpeg

धुर्मुस्ले आर्टिष्ट खबरलाई जानकारी दिए अनुसार उनीहरुले पछिल्लो समय  ७ बर्षअघि अत्तरिया महोत्सवमा प्रस्तुती दिएका थिए । त्यसपछि उनीहरु अन्य काममा ब्यस्त भए । बिदेशका कार्यक्रममा भने बिभिन्न सहयोगार्थका लागी पुगेका थिए । धुर्मुस् अबदेखी अन्य मेला महोत्सवमा पनि पुग्ने बताएका छन् । 

धुर्मुसु सुन्तलीका लागी अर्को संयोग के परेछ भने, उनीहरुको कलाकारिता गर्दा गर्दै बि.स. बिस. २०६५ मंसिर १४ गते बिहे भएको थियो । बिहे लगत्तै तीनदिनपछि मंसिर १७ गते पोखरा महोत्सवमा प्रस्तुतीकै लागी पुगेका थिए । हनिमुनसँगै महोत्सवमा प्रस्तुती दिने भनेर उनीहरु बिहेको ३ दिनमै स्टेज चढेका थिए । अहिलेपनि उनीहरु ७ बर्षपछि पोखराबाटै स्टेज चढेर कलाकारितामा कमब्याक भएका छन् । त्यो पनि आज १४ गतेनै । यो मिठो संयोग । 

ds (3).jpeg
 
धुर्मुसु सुन्तलीका लागी अझैपनि दर्शकको माया उत्तिनै छ । बिभिन्न ठाउँमा उनीहरुको फोटो टाँसिएको देख्न पाइन्छ । सारा नेपालीको आशाको किरण भनेर ट्रकमा तस्बिर नै राखिएको देख्न पाइन्छ ।