‘छुच्ची सासु’ दोस्रो सिजनको शुभमुर्हत, पुस अन्तिमबाट हेर्न पाइने

...

पुस, काठमाडौं । सामाजिक कथामा आधारीत टेलिसिरियल ‘छुच्ची सासु’को दोस्रो सिजन आउने भएको छ । सिरियलको मंगलबार काठमाडौंको भद्रकाली मन्दिरमा शुभमुर्हत गरियो । यो सिरियलको पहिलो सिजनलाई दर्शकले मन पराएका थिए । साथै अहिले निर्माण टिम र कलाकारको केहि टिम परिवर्तन भएर नयाँ शैलीमा आउँने भएको हो ।

शुभमुर्हतमा निर्माण टिम, प्राविधिक टिम र केहि कलाकारहरुको उपस्थिती थियो । कलाकारहरुमा देशभक्त खनाल, मन्जु श्रेष्ठ, अन्जु निरौला, रामहरी बिसी, सरोज दाहाल, जानुका ढुंगाना, कल्पना बिसी, सबिता खड्का, उमेश खड्का, अनिल जिसी, राधा श्रेष्ठ, चन्दा बिडारी, बिनिता दाहाल, प्रदिप सि थापा लगायतको अभिनय रहने बताइएको छ । 

chuchi-sasu-new-serial.jpg

शिव शर्माको स्क्रिप्ट रहेको यस सिरियललाई जानुका ढुंगानाले निर्माण गर्दैछिन् भने रामहरी बिसीले निर्देशन गर्दैछन् । एलेक्स पुडासैनीको छायांकन रहने सिरियललाई अनिल जिसीले ब्यवस्थापन गर्दैछन् । यस्तै पाश्र्व संगीत स्नेहा क्षेत्रीको रहेको छ भने गीतमा शब्द संगीत विनय कार्कीका रहेको छ । गीतमा स्वर भने नन्दनी अधिकारीको रहेको छ । सिरियलमा श्रृंगारको काम कल्पना बिसीले गर्दैछिन् ।

nepali serial chhuchi sasu.jpg

निर्मात्री जानुकाले सिरियललाई नेपाली मौलिकपनमा निर्माण गरिने र नेपाली परिवेशकै कथालाई उठान गरिने बताइन् । साथै उनले क्वालिटीमा कुनै पनि कमी हुन नदिने बताउँछिन् । साथै निर्देशक रामहरीले पनि निर्देशकीय पाटोमा आफूले निकै मिहिनत गर्ने बताउँछन् । शुभमुर्हतमा उपस्थिती कलाकार अन्जु निरौलाले निर्माण टिमकै कारण आफू काम गर्न इच्छुक भएको बताइन् । उनले आफूलाई धेरै सिरियलका लागी अफर आउने तर पछिल्लो समय छनोट गरेर मात्र काम गरेको बताउँछिन् । सिरियलको प्रसारण पुसको अन्तिम साताबाट गरिने बताइएको छ ।