पुस, काठमाडौँ । यहि पुस २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली चलचित्र चित्राको ट्रेलर सार्वजनिक गरिएको छ । यूट्यूबमार्फत सार्वजनिक २ मिनेट ५९ सेकेन्ड अवधिको ट्रेलरले चलचित्र एक्सन र पारिवारिक कथाको समिश्रण भएको देखाएको छ ।
खारिएका कलाकारहरुको बलियो लाइनअप भएकाले ‘चित्रा’लाई एउटा आशावादी सिनेमा मान्न सकिन्छ। चलचित्रमा अर्पण थापा,प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे जस्ता शशक्त कलाकारको अभिनय रहेको छ। यही चलचित्रबाट सन्तोष अधिकारी नेपाली रजतपटमा डेब्यू गर्दैछन् । च्ल्ीच्त्तका निर्देशक घनश्याम लामिछाने हुन्। निर्देशक घनश्यामले च्ल्ीच्त्त ‘पञ्चेबाजा’ बनाएपछि प्रशंसा बटुलेका थिए, त्यसैले ‘चित्रा’लाई आशालाग्दो सिनेमा मान्न सकिन्छ ।
बाबुछोरीको कथा बोकेको ‘चित्रा’ यस अर्थमा एउटा सम्भावना बोकेको चलचित्र हो भन्न सकिन्छ । ‘चित्रा’मा सन्तोष, मेनुका, शुभेच्छा, अर्पण, प्रमोद, प्रकाशको साथमा अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको अभिनय छ ।
चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो चलचित्रमा राजनराज शिवाकोटीको संगीत छ ।
महेश पौडेलले छायाँकन गरेको फिल्ममा सम्पादनको भूमिकामा बनिश शाह र सन्देश शाह छन् । सन्तोष अधिकारी फिल्म्सको ब्यानर तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ । फिल्मको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन् ।
चलचित्रमा पार्श्व संगीत शैलेश श्रेष्ठको छ । यस्तै, सोनाली शिल्पकारको मेकअप रहेको चलचित्रमा असिम थापाको ड्रोन, बिजय बस्यालको पोष्टर डिजाइन छ ।