‘ड्रेस टु इम्प्रेस सिजन–९’ मा छानिए ४ विजेता

...

पुस, काठमाडौँ । फेसन डिजाइरहरुको प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस सिजन–९’ मा ४ विजेता छानिएका छन् । प्रतिस्पर्धामा राखिएको ‘लुक आइ क्यान फ्लाई’, ‘तक्स एण्ड तिआरा’, ‘एक्स्कुइजित कर्प्स’, ‘मेतालिक एण्ड इथ्लेजर’ चार थिम अनुसार चार विजेता छानिएका हुन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार अबेर सम्पन्न प्रतियोगीतामा ‘लुक आइ क्यान फ्लाई’ तर्फ माया गुरुङ विजेता बन्दा ‘तक्स एण्ड तिआरा’ तर्फ फर्जाना खातुन विजेता भइन् । त्यस्तै ‘एक्स्कुइजित कर्प्स’ र ‘मेतालिक एण्ड इथ्लेजर’ तर्फ क्रमश प्रिया घिमिरे र एन्जोली महर्जन विजेता बन्न सफल रहे । कार्यक्रममा एन्जोलीले बेष्ट डिसिप्लेन अवार्ड समेत हात पारिन् । विजेता सबैले नगद सहित बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । विजेतालाई प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले पुरस्कार प्रदान गरिन् ।

dress to impress.jpg

आईआईएफटी स्कुल अफ इन्टेरियर डिजाइनमा ६ महिने कोर्ष पूरा गरेका डिजाइनरबीच भएको प्रतिस्पर्धामा ‘ड्रेस टु इम्प्रेस सिजन–९’मा १०७ डिजाइनिङका विद्यार्थीले सहभागी थिए । कार्यक्रममा आईआईएफटीका १२८ बिद्यार्थीको पासआउट ग्राजुयट सेरोमनी पनि भएको थियो ।

डिजाइनरका विद्यार्थीबीच हुने ‘ड्रेस टु इम्प्रेस’मा सदाझैँ यस पटकमा पनि समूहगत प्रतिस्र्धा भएको थियो । डिजाइनिङ कम्बिनेशन गर्न आईआईएफटीले ‘ड्रेस टु इम्प्रेस’ आयोजना गर्दै आएको हो । जसमा डिजाइनर आफैंले तयार पारेको पहिरनमा प्रस्तुत हुने गरेको  छन् ।

प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवा प्रमुख अतिथि रहेको ‘डे«स टु इम्प्रेस सिजन–९’मा पुर्व मिस नेपाल उषा खड्गी, फेसन डिजाइनरहरु राजेश ढाक्का, महेश महर्जन, निभा श्रेष्ठ, अंकित वेटिङ, रमिला नेमकुल, पम्फा श्रीश लगायत  निर्णायक रहेका थिए ।

‘ड्रेस टु इम्प्रेस’ आईआईएफटीको नियमित कार्यक्रम रहेको आईआईएफटीका कार्यकारी निर्देशक विपना थापाले बताइन् । आईआईएफटीका विद्यार्थीको क्षमता अभिबृद्धिका लागि डिजाइनिङ प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’ सुरु गरेको थापाको भनाई छ ।

dress to impress news.JPG

‘ड्रेस टु इम्प्रेस’ले फेसन पारखीलाई फेसनको जानकारी दिनुका साथै पब्लिकमा फेसन क्रेज समेत बढाउने आईआईएफटीका प्रबन्धक निर्देशक फूपु तेन्जिङ शेर्पाले बताए । काठमाडौंको बागबजारस्थित बागबजार प्लाजा, कमलादीस्थित हेरिटेज प्लाजा र ललितपुरको कुमारी पाटीमा रहेको आईआईएफटीले फेसन डिजाइनिङसँग इन्टेरिय कोर्ष अध्यापन गराउँदै आएको छ । अहिलेसम्म आईआईआएफटीबाट सयौँको संख्यामा फेसन डिजाइनर उत्पादन भइसकेको शेर्पाले जानकारी दिए ।