चलचित्र ‘एक्टर’मा आना शर्मा फाइनल

...

पुस, काठमाडौँ । नायिका आना शर्माले नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘एक्टर’मा फाइनल भएकी छन् । निर्माणपक्ष र आनाबीच चलचित्रका लागि कागजी संझौता भएको हो ।

आनाले ‘एक्टर’साइन गरेसँगै प्रदीप र आना को जोडी पहिलो पटक दर्शक माझ आउने पक्का भएको हो । यी दुइको जोडीलाई लिएर दर्शकमा पनि उत्साह थपिने निश्चित छ । राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा थमन कुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रको सह–निर्मातामा एनिस भुसाल छन् ।

यो चलचित्रको छायांकन केही महिनामा नै सुरु हुनेछ । चलचित्रलार्य सन् २०२५ मा रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ । यो चलचित्रमा नरेन्द्र मैनालीको छायांकन रहनेछ । चलचित्रमा रित बोहरा सहयोगी निर्देशकको रुपमा रहेका छन् ।

चलचित्र ‘एक्टर’लाई लिएर आफू निकै नै उत्साहित भएको नायिका आना शर्माले बताइन् । एउटा राम्रो टिमसँग काम गर्नका लागि आफू सधैं नै लालायित हुने गरेको उनको भनाई छ ।