गिरीको ‘ईश्वर’मा कलाकार थपिदै

...

पुस, काठमाडौँ । राजु गिरीको निर्देशनमा निर्माण हुने चलचित्र ‘ईश्वर’को निर्माण घोषणा केही समय पहिले गरिएको थियो । लक्ष्मी कुँवर थापाको प्रस्तुतीमा निर्माण हुने फिल्मको मुख्य भुमिकामा अभिनेता पृथ्वीराज प्रसाई र सुनिल थापा अनुबन्धित भएका छन् । फिल्म माघ २८ गतेबाट फ्लोरमा जाँदैछ । 
चलचित्रमा यसअघि नै कलाकारको रुपमा शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला र गिता अधिकारीको पनि अभिनय रहनेछ । केही दिन अगाडि घोषणा भएको फिल्मको अहिले कलाकार छनोट भइरहेको छ । 

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको पटकथा एवंम् संवाद भोजराज देवकोटाले तयार गरेका छन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने चलचित्रमा राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।