नयाँ चलचित्र ‘खजुरे ब्रो’ बन्ने

...

पुस, काठमाडौँ । नयाँ नेपाली चलचित्र ‘खजुरे ब्रो’ बन्ने भएको छ । यो चलचित्रलाई सुरज सुनुवारले निर्देशन गर्ने बताइएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण घोषणा गरिएको यो चलचित्र कमेडी जनरामा निर्माण हुने बताइएको छ । चलचित्र निर्देशक सुनुवारले नै लेख्नेछन् । कमेडी जनराको चलचित्र ‘खजुरे ब्रो’ धरानमा चर्चित व्यक्ति ‘खजुरे ब्रो’ को नाम र उही क्यारेक्टरमा निर्माण गर्न लागिएको फिक्सन चलचित्र रहेको निर्देशक सुनुवारले बताए ।

khajure 4.jpg

चलचित्रमा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ । 

नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्न लागेको चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायाङ्कन गर्ने चलचित्रको छायाँकन सुरु भई सकेको छ । केहि दिनको काठमाडौँको छायाँकन सकेर टिम धरान प्रस्थान गर्नेछ।