‘ड्रिम्स’को सक्सेस पार्टी, भुवनले फेरी यस्तो फिल्म बनाउने

...

काठमाडौं । अभिनेता भुवन केसीको निर्देशनमा बनेको फिल्म ‘ड्रिम्स’ले राम्रो सफलता पाएको सक्सेस पार्टी गरेको छ । गएको शनिबार सञ्चारकर्मि तथा फिल्म युनिटका सदस्यप्रति कृतज्ञता प्रकट गर्दै धन्यवाद दिएका हुन् । भुवनले रात्री भोजको आयोजना गर्दै ‘ड्रिम्स’ लाई सफल पार्न सहयोगी भूमिका खेल्ने सम्पुर्णलाई धन्यवाद दिएका थिए ।

dreams-team
भुवनले सञ्चारकर्मिहरु सँग बोल्दै पहिलो निर्देशन फिल्म सक्सेस भएको भन्दै अब पुनः अर्को यस्तै फिल्म बनाउने समेत बताए । सक्सेस पार्टीमा उनले वितरकबाट प्राप्त विवरणका आधारमा ‘ड्रिम्स’ ले दोश्रो शनिबारसम्म गरेको व्यापारिक रिपोर्ट पनि सार्वजनिक गरे ।

निर्देशक तथा निर्माता केसीका अनुसार हालसम्म उनको फिल्मले ६ करोड ग्रसको व्यापार गरेको छ । जुन व्यापार ०७२ सालमा प्रदर्शनमा आएका सम्पूर्ण फिल्महरु मध्ये सर्वाधिक उच्च हो ।

यता ‘ड्रिम्स’ बाट आफ्नो सफलतामा ह्याट्रिक हानेका अनमोल केसीले सबैलाई एकितृत भएर अगाडी बढ्न आग्रह गरे भने नव नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो अभिनयलाई मन पराउने सम्पूर्णलाई धन्यवाद दिइन् ।

लेखक सामिप्यराज तिमल्सिना सहित सक्सेस पार्टीमा टिमका अन्य सदस्यहरु पनि सहभागी थिए । सक्सेस पार्टीमा फिल्म युनिट र सञ्चारकर्मी बाहेक फिल्म क्षेत्रका सिमित व्यक्तित्व मात्रै सहभागी थिए ।