चर्चामा दीपक, बिक्रम र सत्यकलाको ‘काँडेतार’को ‘सके जोवन दिउँला…’

...

पुस, काठमाडौं । यस अघि चलचित्र ‘छक्का पञ्जा ४’ को दर्शन सलाम गीतबाट संगीतकार दीपक शर्मा वर्षभरी चर्चामा रहे ।  २०७९ सालमा रिलिज भएका नेपाली चलचित्र मध्य सबैभन्दा बढी भ्युज पाएको गीत पनि यही हो । यिनै संगीतकार दीपक शर्माको यतिबेला नयाँ फिल्मी गीत रिलिज भएको छ । चलचित्र ‘काँडेतार’को नयाँ गीत ‘सके जोवन दिउँला माया…’ गीतको भिडियो अहिले रिलिज भएको छ । 

यो गीतमा दीपक शर्माको संगीतसँगै शब्द पनि रहेको छ । उदय राज पौडेलको संगीत संयोजन रहेको यो गीतमा सत्यकला राई र विक्रम राईले स्वर दिएका छन् । गीतबारे यसका संगीतकार दीपक शर्माले भने,‘चलचित्र काँडेतर राष्ट्रबादी भावनाले ओतप्रोत चलचित्र भए पनि यसमा रहेको यो गीत कथाको थिम अनुसार बनाईएको छ । मायाँप्रेम भावको गीत भएपनि यसले सिनेमाको कथालाई न्याय गरेको छ ।’ गीतले छोटो समयमै राम्रो भ्युज पाएकोमा संगीतकार दीपक निकै खुसी छन् । 

यो चलचित्र २५ फागुनबाट देशव्यापी रिलिज हुँदैछ । सिमानामा काँडेतार हस्ताक्षर अभियान सहित देशव्यापी विशेष च्यारिटी शो गर्दै फिल्मको प्रचारप्रसार पनि गरिरहेको यसका निर्माता निर्देशक एवम् अभिनेता नवल खड्काले बताएका छन् । अहिलेको गीत निकै राम्रो बनेको र दर्शकबाट गीतले राम्रो प्रतिक्रिया पाएको नवलले बताएका छन् ।

सार्वजनिक गीत ‘सके जोवन दिउँला माया’को भिडियोमा फिल्मका कलाकारहरू गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङ, प्रशान्त यादवलगायत फिचर्ड छन् । सामना फिल्म्स प्रालिको प्रस्तुतिम निर्माण भएको फिल्म काँडेतारलाई नवल खड्काले निर्देशन गरेका हुन् । यसको कार्यकारी निर्माता नै गायिका सत्यकला राई हुने भने निर्मातामा माकिको राई र अन्जु केसी रहेका छन् । फिल्मको प्रमुख भूमिकामा नवल आफै नै देखिएका छन् ।