तामाङ समाज कोलोराडोले ‘सोनाम ल्होछार साँझ’ गर्दै

...

पुस, काठमाडौँ । तामाङ सोसाइटी अफ कोलोराडोको आयोजनामा ‘सोनाम ल्होछार साँझ’ आयोजना हुने भएको छ । कार्यक्रम आगामी फागुन १९ (२ मार्च, २०२४)मा शनिवार साँझ ६ बजे हुने बताइएको छ । 

सांगितिक कार्यक्रममा चचित कलाकार बुद्धी तामाङ, लोक तथा दोहोरी गायक मिलन लामा, बुद्धीमान वाइवा, गायिका संगीता थापा मगर र मोडल रश्मि तामाङलगायतको बेजोड प्रस्तुती रहने आयोजक संस्थाले एक विज्ञप्ती जारी गर्दै जनाएको छ ।

बुझिएअनुसार उक्त स्थानमा यसअघि सोनाम ल्होछार साँझको आयोजना भएको छैन । त्यसैले नि उपस्थित दर्शकमा बढी मनोरन्जन पुग्नेमा आयोजक संस्था विश्वस्त छ ।