अष्ट्रेलियामा नेपाली गाउँको सेट बनाएर हलिउड चलचित्र ‘आइस रोड २’को छायांकन

...

पुस, काठमाडौँ । हलिउड चलचित्र ‘आइस रोड २’को छायांकन लागी अष्ट्रेलियामा नेपाली गाउँ बनाइएको छ । भिक्टोरियास्थित १६१ वर्ष पुरानो वालहल्लामा नेपालको सेट बनाएर बुधबारदेखि छायांकन भैरहेको छ । अभिनेता लियाम नीसन स्टारर चलचित्रको कथा नेपालसँग जोडिएकाले वालहल्लालाई नेपाली बजारमा परिणत गरिएको अष्ट्रेलियाको सेभेन न्यूज डटकमले उल्लेख गरेको छ । त्यहाँ जम्मा २० वटा घर रहेको जनाइएको छ ।

Ice Road 2 nepali set.jpeg

वालहल्लाको सडकदेखि घर र होटलसम्मलाई दुरुस्तै नेपालजस्तो बनाइएको छ । सेभेन न्यूज डटकमले प्रकाशित गरेको फिल्मको सेटका तस्वीरहरुमा बौद्ध धर्ममा आधारित ध्वजा घरहरुमा सजाइएको देखिन्छ भने एक गाडीमा नेपालको झण्डासहित ‘माउन्ट एभरेष्ट टूर’ लेखिएको छ । यस्तै, अर्को तस्वीरमा मकैको झुत्ता झुण्ड्याएर ‘दरबाङ फ्रेस हाउस तथा तरकारी पसल’ लेखिएको छ ।

Ice Road 2 nepal set.jpeg

सेभेन न्यूजका अनुसार, वालहल्लामा २४ जनवरीसम्म फिल्मको छायांकन गरिनेछ । यसबाट लगभग ६ सय बढी भिक्टोरियनलाई रोजगारी र छायांकनबाट त्यहाँको राज्यको अर्थतन्त्रमा ३० मिलियनभन्दा बढी फाइदा हुने जनाइएको छ । ‘आइस रोड २’ एक आइस रोड ड्राइभर (लियाम नीसन)मा आधारित छ, जो आफ्नो भाईको अस्तु सेलाउन सगरमाथाको यात्रामा निस्किएका हुन्छन् ।

Ice Road 2 nepali set.jpeg
Ice Road 2 nepal.jpeg