गायक तथा संगीतकार योगेश वैद्यको निधन

...

माघ, काठमाडौंँ । स​प​ना भुलाई सारा आसु पिएर​ जाउ लगायत थुप्रै्र चर्चित गीतका गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ । ७७ बर्षिय वैद्य लामो समयदेखी  मधुमेह रोगबाट पीडित थिए । उनको  बिहीबार राति १२ः३० बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो ।

वैद्यको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले बिहान ९ः३० बजे संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने तयारी गरिएको छ ।   उनका ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ आदि गीतहरू लोकप्रिय छन् । उनका नेपाल भाषाका गीत पनि लोकप्रिय छन् । उनको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले बतायो ।

वनस्पतीशास्त्रमा एमएससी गरेका वैद्यले ३३ वर्षसम्म सरकारी सेवामा बिताएका थिए । उनी २०६१ सालमा सहसचिव पदबाट सेवा निवृत्त भएका थिए । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।