अबदेखी ‘जिरेखुर्सानी’ पनि बन्द, त्यसै समयमा शिबहरीको ‘ब्रेकफेल’ आउने

...

चैत, काठमाडौं । नेपाल टेलिभिजनबाट प्रत्यक सोमबार प्रसारण हुँदै आएको ‘जिरेखुर्सानी’ पनि अब सधैंका लागी बन्द भएको छ । मिडिया हव र नेपाल टेलिभिजनको आन्तिरीक कुरा नमिल्दा लामो समय देखि रोकिएको जिरे खुर्सानी अब बाट प्रसारणमा आउने छैन । अब भने सोमबारको जिरेखुर्सानीकै समयमा ‘ब्रेकफेल’ हाँस्य टेलिश्रृंखला आउने भएको छ । ‘ब्रेकफेल’लाई ‘जिरे खुर्सानी’ कै कलाकार शिवहरी पौडेलले निर्माण गरेका हुन् ।

comedy sriyal - Break fail teamनेपाल टेलिभिजनलाई मिडिया हवले तिर्नुपर्ने रकम नतिरेको भन्दै मिडियाहवका प्रोडक्सनहरु बन्दभएका थिए । मिडिया हवका प्रबन्ध निर्देशन सोम धितालले आर्टिस्ट खबरलाई दिएको जानकारी अनुसार अब भने तितोसत्य र जिरेखुर्सानी बाहेकका हाँस्य टेलिश्रृंखला नियमित प्रसारण हुनेछन् । गएको शुक्रबार भद्रगोल प्रसारण भइसकेको छ भने सोमबार ब्रेकफेल प्रसारण हुने क्रममा छ । ‘ब्रेकफेल’को यो सोमबार बाट नयाँ भाग हुनेछ ।

लामो समयदेखि जिरे खुर्सानी निर्माण गर्दै आएका निर्माता जितु नेपालले मिडिया हवसँग कुरा नमिल्दा जिरे खुर्सानी बन्द गर्नुपरेको बताए । बिहिबार राती प्रसारण हुँदै आएको तितो सत्य भने निर्माता दिपकराज गिरीले यस भन्दा पहिलेनै बन्द भइसकेको घोषणा गरेका छन् । तर मेरीबास्सै आउछ या आउँदैन भन्ने बारे निर्माता सिताराम कट्टेलनै दोधारमा रहेको बताए । मिडिया हवका प्रवन्ध निर्देशक सोम धितालले मेरी बास्सै नियमित प्रसारणमा आउने बताए पनि सितारामले पनि मिडिया हवसँग अझै सम्झौता गर्न बाँकी रहेको र प्रसारण हुने या नहुनेबारे टुंगो लाग्न केहि समय लाग्ने बताए ।