‘उपहार’को ‘वाह वाह वाह’ गीतलाई युट्युवमा ५० लाख भ्युज

...

माघ, काठमाडौं । चलचित्र ‘उपहार’मा समावेश गीत ‘वाह वाह वाह’ लाई युट्युवमा दर्शकले रुचाइरहेका छन् । अपलोड गरिएको तीन महिना नपुग्दै ५० लाख बढी पटक हेरिएको छ । यो समाचार तयार पार्दासम्म आइतबार बिहानसम्म ५१ लाख ५२ हजार बढीपटक हेरिएको छ । यस्तै ६९ हजार बढीले लाइक गरेका छन्भने २२ सय बढी प्रतिक्रिया आएका छन् । भिडिओ ओएसआर डिजिटल युट्युवमा अपलोड गरिएको छ ।

आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको उक्त गीतमा बाबुल गिरीको संगीत रहेको छ भने गीतमा शंकर अधिकारी घायलको शब्द छ । गीतमा गायिका एलिना चौहानले संगीतकार गिरीलाई स्वरमा साथ दिएकी छन् । ‘धोकेवाज’ गायिकको रुपमा परिचित एलिनाले उपहार बाट पाश्र्व गायनमा डेव्यु गरेकी हुन् । 

चलचित्रको यो गीतमा कलाकारहरु रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भूषाल, तेज गिरी र समर्पणजंग कार्की फिचर्ड छन् ।  ज्ञानेन्द्र देउजाको निर्देशक रहेको चलचित्रको अर्को गीत मुटुको चार आना सार्वजनिक तीन हप्ता अगाडी सार्वजनिक भएको छ जुन गीतको भिडियोलाई ११ लाख बढीले हेरेका छन् । चलचित्रलाई रेखा र निर्देशक देऊजाले मिलेर निर्माण गरेका हुन् ।

पछिल्लो समय सामाजिक चलचित्रको प्रमोशनको गलितो माध्यम सामाजिक सन्जाल बनेको छ । सामाजिक सन्जालमा आइरहका प्रतिक्रियासँगै आएका भ्युजले चलचित्रको हाइप मापन हुने गरेको छ । युट्युवमा करोडौं भ्युजसँगै सकारात्मक प्रतिक्रिया आइरहेका छन् भने दर्शक हलसम्म आउन सक्छन् भन्ने निर्माताहरुको विश्वास छ । त्यसो त कतिपय करोडौ पटक हेरिएका चलचित्रका ट्रेलर, गीतसंगीत पनि छन् तर दर्शक हलसम्म पुगेका हुँदैनन् । तर प्रमोशनको राम्रो माध्यम बनेको पाइन्छ ।