रेखा थापाले अमेरिकाबाट सार्वजनिक गरिन्  ‘बेबी सावर’ तस्बि र भिडिओ

...

माघ, काठमाडौँ । अभिनेत्री रेखा थापा सन्तानलाई जन्म दिनका लागी अमेरिकामा छिन् । उनी केहिसमयअघि श्रीमान बलराम शाहीसँगै अमेरिका पुगेकी हुन् । यतिबेला अमेरिकाबाटै रेखा दम्पतीले  ‘बेबी सावर’ गरेका तस्बिर सार्वजनिक गरेका छन् । कोलोराडो स्प्रिङ्समा शनिबार उनीहरुले ‘बेबी सावर’को आयोजना गरेका थिए । रेखाले सामाजिक सञ्जालमार्फत ‘बेबी सावर’को तस्वीर र भिडियो सेयर गरेकी छन् । रेखाले ‘बेबी बम्प’सहितको फोटोसुट पनि गराएकी छन् । उनले आगामी सन्तानलाई भगवानको उपहार भएको बताएकी छन् ।

rekha thapa news.jpeg

सन्तानको उपहार त भइहाल्यो, फागुन २५ मा रेखाले निर्माण र अभिनय गरेको फिल्म ‘उपहार’ पनि प्रदर्शन तयारीमा छ । उनले अमेरिकाबाटै फिल्मको भर्चुअल प्रचारप्रसार गरिरहेकी छन् । उक्त बेबी सावर जमघटमा अमेरिकास्थित रेखा थापाको परिवार र आफन्त सहभागी थिए । उनका श्रीमान् बलरामको परिवार नै अमेरिकामा छ । त्यस अवसरमा रेखा दम्पतीले केक काटेर खुसी साटे । चिकित्सकले रेखालाई माघ अन्तिम वा फागुनको डेलिभरी मिति दिएका छन् । 

rekha thapa 22.jpeg
नेपालमा रेखा थापाको उपहार चलचित्रको प्रमोशन भइरहेको छ । चलचित्रमा रेखासँगै पुजा शर्मा, बेनिशा हमालको पनि अभिनय रहेको छ । चलचित्रको प्रदर्शनको समयमा रेखा अमेरिकामै हुनेछिन् । 

rekha thapa 1.jpeg