चलचित्र प्राविधिक बिक्की श्रेष्ठ मृत फेला

...

चैत, काठमाडौं । चलचित्र प्राविधिक बिक्की श्रेष्ठको गएराती निधन भएको छ । लामोसमय देखी चलचित्रको प्राविधिक क्षेत्र सम्हाल्दै आएका ४२ बर्षका श्रेष्ठ गएराती काठमाण्डौको प्रदर्शनी मार्ग स्थित बाल्मिकी क्याम्पस अगाडि मृत अवस्थामा फेला परेका थिए ।

bikki-shrestha-उनको शवलाई अहिले पोष्टमार्टपका लागि काठमाण्डौको टिचिङ अस्पताल लगिएको छ । चलचित्र क्षेत्रका चर्चित छायांकार कृष्ण श्रेष्ठका भाई समेत रहेका विक्कीले लाइटम्यानको कामबाट करिअर सुरु गरेका थिए । उनको निधनको कारण के हो भन्ने खुलेको छैन ।

चलचित्र प्राविधिक संघले आज चलचित्र सम्बन्धि सम्पुर्ण कार्य नगर्न आग्रह गरेको छ ।