चलचित्र ‘खजुरे ब्रो’मा हर्क साम्पाङ डेब्यु अभिनय, मेयरकै भूमिकामा देखिने

...

माघ, काठमाडौँ । धरानका मेयर हर्क साम्पाङले चलचित्रमा अभिनय गरेका छन् । उनले चलचित्र ‘खजुरे ब्रो’मा अभिनय गरेका हुन् । उनीसँगै चलचित्र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको पनि डेब्यु अभिनय रहेको छ । 

शनिबार बेलुका धरानमा छायांकन भैरहेको चलचित्र ‘खजुरे ब्रो’मा साम्पाङको एक मिनेट लामो दृश्य छायांकन गरिएको निर्माण टिमले जनाएको छ । चलचित्रमा उनलाई गेस्ट रोलमा देख्न सकिनेछ । धरानको विजयपुरमा भैरहेको छायांकन सेटमै मेयर साम्पाङ पुगेका थिए । चलचित्रका अभिनेता महेश त्रिपाठीले साम्पाङको एक मिनेटजति केमियो रोल सुटिङ भएको जानकारी दिएका छन् ।

harka_sampang_niti2.jpg

चलचित्रमा सुटिङपछि मेयर साम्पाङ उत्साहित देखिएको त्रिपाठीले जानकारी दिएका छन् । यो कमेडी फिल्मलाई सुरज सुनुवारले निर्देशन गरिरहेका छन् । धरानकै वास्तविक पात्रको कथावस्तुमा चलचित्र बन्न लागेको हो ।