‘पुजार सार्की’मा आर्यन, प्रदीप र पलको लुक्स यस्तो

...

माघ, काठमाडौं । नेपाली दर्शकमाझ लोकप्रिय तीन अभिनेताले एकै चलचित्रमा काम गर्न लागेको चर्चा निकै थियो । चलचित्र ‘पुजार सार्की’ अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहका कारण चर्चामा थियो । चलचित्रमा तिन अभिनेतालाई एकसाथ कस्तो भूमिकामा देखिएला भन्ने दर्शकको कौतोहल्ता थियो । यसैबिच निर्माण टिमले तिन अभिनेताको फस्ट लुक सार्वजनिक गरेको छ । 

सार्वजनिक पोस्टरमा अभिनेता आर्यन, प्रदीप र पलको लुक्स गाउँले भूमिकामा देखिन्छ । उनीहरुको पोस्टरको लुक्सको आधारमा चलचित्र केहि पुरानो सेटअपमा खिचिने बुझ्न सकिन्छ । चलचित्रको टिम कास्की जिल्लाको कास्कीकोट गाउँतर्फ छायांकनका लागी लागेको छ ।  

चलचित्रमा नायिकाद्धय अन्जना बराइली र परीक्षा लिम्बुको पनि मुख्य भूमिका छ । साथमा चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली लगायतका कलाकारको अभिनय छ । विकास सुवेदीले लेखेको चलचित्रको कथामा सुवास भुसालले लगानी गर्दैछन् । यो चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन, हिमाल केसीको एक्सन निर्देशन रहनेछ । किङ्डम नेटवर्कको ब्यानरमा निर्माण हुने फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।