माघ २६ मै नेपालसँगै विश्वभर एकसाथ रिलिज हुँदै ‘हात्तीछाप’

...

माघ, काठमाडौँ । नेपालमा माघको २६ गतेबाट रिलिजमा आउन लागेको यो बर्षकै प्रतिक्षित चलचित्र ‘हात्तीछाप’ यही मितिमा विश्वभर  रिलिज हुने भएको छ । यसअघि माघ २६ गते नेपालसहित केही देशमा मात्र चलचित्र रिलिज हुने पक्का भएको थियो ।

अब, यो चलचित्रको अन्तरराष्ट्रिय वितरणको जिम्मा लिएको एमएसएम इन्टरटेन्मेन्टले माघको २६ अर्थात फ्रेबुअरी ९ तारिखबाट नै विश्वभर यो फिल्म रिलिज हुने बताएको छ ।

यो चलचित्रलाई अष्ट्रेलियामा एमएसएम इन्टरटेन्मेन्ट र रोटेपिङ इन्टरटेन्मेन्टले मिलेर चलचित्र रिलिज गर्दैछन् । यस्तै, अमेरिका र क्यानडामा यात्री डिजिटलले रिलिज गर्दैछ । यस्तै, यूरोपका सम्पूर्ण देशमा फिल्मलाई नेपाली मुभी टाइम डेनमार्कले रिलिज गर्ने पक्का भएको छ । मध्यपूर्वका देशमा चलचित्रलाई सुप्रिम फिल्म प्रोडक्शन एन्ड डिस्ट्रिब्यूसन कम्पनीले रिलिज गर्ने पक्का भइसकेको छ । दक्षिण कोरिया र जापानमा चलचित्रलाई यूएनए इन्टरटेन्मेन्टले रिलिज गर्दैछ ।

विश्वभर एकसाथ फिल्म रिलिज हुँदा त्यसले पार्ने प्रभाव र उत्साह नै छुट्टै हुने पक्का छ । सिमोस सुनुवारको निर्देशनमा बनेको यो चलचित्रले नेपालसँगै विदेशमा पनि सुखद कमाई गर्ने अपेक्षा गरिएको छ । किरण नेपालीको प्रस्तुतीमा तयार भएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, वुद्धि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।