चैत, काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘मेरीबास्सै’ पुनः प्रसारण हुने भएको छ । लामो समय देखि मिडिया हवसँग लेनदेनमा कुरा नमिल्दा मेरी बास्सै बन्द भएको थियो । ‘मेरीबास्सै’का मुख्य कलाकार धुर्मुस र सुन्तली भने नदेखिने भएका छन् ।
मेरीबास्सै भनेपछि धुर्मुस र सुन्तलीको कथा भन्ने बुझ्ने दर्शकले अब भने धुर्मुस सुन्तली बिनाको मेरीबास्सै कत्तिको रुचाउँछन् त्यो भने मंगलबार रातीबाटै थाहा हुनेछ । मेरीबास्सैमा धुर्मुस र सुन्तलीबाहेक अरु पुरानै कलाकारहरु रहेका छन् । तर अब निर्माता तथा निर्देशक सिताराम कट्टेलको ठाउँमा मनराज श्रेष्ठले निर्देशन गर्देछन् । श्रेष्ठ मिडिया हवका कर्मचारी पनि हुन् । मेरीबास्सैको आउँदो मंगलबार प्रसारण हुने भाग छायांकन भइसकेको छ ।
-image copyright google & jyoti kafle