भ्वाइस अफ नेपालका कुर्बानले ल्याए ‘राजा र रानी’ गीत

...

माघ, काठमाडौं । लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ५ का प्रतियोगी कुर्बान अलिको ‘राजा र रानी’ गीत बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । भ्वाइसको नकआउट राउण्डबाट बाहिरिएका कुर्बानसँग बिमला गुरुङले स्वरमा साथ दिएकी छिन् । गीतमा कुर्बानकै शब्द र संगीत रहेको छ । 

भिडिओमा पनि गायक र गायिकानै फिचर्ड छन् । भिडिओमा रोहन नेपालीको कोरियोग्राफी र निर्देशन रहेको छ । भिडिओ मिलन शंकरले खिचेका हुन् भने नहकुल खड्काले सम्पादन गरेका हुन् । गायक अलीले गएको शुक्रबार आफ्नै युट्युवमार्फत भिडिओ सार्वजनिक गरेका हुन् । अलीले सार्वजनिक भएको केहि दिनमै गीतमा राम्रो प्रतिक्रिया आइरहेको बताउँछन् ।