‘सिटामोल’को छायांकन जारी, सौगात र बेनिशाको लुक्स यस्तो

...
माघ, काठमाडौँ । नयाँ चलचित्र ‘सिटामोल’को छायांकन जारी छ । यतिबेला चलचित्रको टिम सिन्धुलीमा छायांकनमा ब्यक्त छ । चलचित्रमा राज बहादुर सानेको निर्देशन छ । निर्माण टिमले दिएको जानकारी अनुसार अहिलेसम्म चलचित्रको करिब ५० प्रतिशत छायांकन सकिएको हो ।
 
चलचित्रको छायांकन निकै राम्रो र रमाइलो भएको भन्दै निर्देशक राज बहादुर सानेले खुशी ब्यक्त गरेका छन् । अहिलेकै स्पीडमा काम भएको खण्डमा काम तीजमा रिलिज टार्गेट राखिएको निर्देशबक साने बताउँछन् । बिगत एक हप्तादेखि भैरहेको छायांकनको सेटबाट अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको लुक्स सार्वजनिक भएको छ ।
 
सार्वजनिक लुक्समा अभिनेता मल्ललाई हातमा बैसाखी र भाले बोकेर बेनिशासँग उभिएका छन्, भने बेनिशाले बच्चा बोकेकी छन् । यो तस्वीरबाट चालचित्रमा उनीहरु श्रीमान्श्री मतीको रुपमा प्रस्तु भएको बुझ्न सकिन्छ । माओवादी जनयुद्धको कथा चलचित्रले उठान गरेको बुझिएको छ । सार्वजनिक लुक्सबाट सौगातलाई जनयुद्धको घाइतेको रुपमा हुनसक्ने बुझिन्छ ।
 
चलचित्रमा उनीहरुका अवा लोकेन्द्र लेखक पनि मुख्य भुमिकामा काम गरेका छन् । बाबुल गिरीको संगीत रहेको चलचित्रलाई दिव्य सुवेदीले खिचि रहेका छन् । चलचित्रमा भुगोल कुमार कार्की निर्माता, रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी कार्यकारी निर्माता रहेका छन् ।