कारिश्माको आतिथ्यतामा मनाईयो सौभाग्य बाई पाल्की बुटिकको वार्षिक उत्सव

...

माघ, काठमाडौँ । विवाहमा दुलहा दुलहीलाई कार सजाएर लैजाने क्रम बढेपछि पछिल्लो समय बेहुला बेहुलीलाई पाल्की तथा डोलीमा चढाएर विवाह गर्ने क्रम निकै कम भएको थियो । तर काठमाडौंको भाटभटेनीमा रहेको पाल्की र कमलपोखरीमा  रहेको सौभाग्य बाई पाल्की बुटिकले विभिन्न प्रकारका फेशन सहित पाल्कीलगायतको सुविधा पनि प्रदान गर्न थालेपछि पाल्कीमा चढेर राजसी पहिरनमा सजिँदै विवाह गर्ने क्रम बढेको छ ।

यसै क्रममा सौभाग्य बाई पाल्की बुटिकले आफ्नो प्रथम वार्षिक उत्सब यतिबेला विभिन्न कार्यक्रम आयोजना गरेर मनाईरहेको छ । सौभाग्य बाई पाल्की बुटिकले मँगलबार आयोजना गरेको समारोहमा अभिनेत्री करिश्मा मानन्धरले केक काटेर वार्षिक उत्सबको सेलिब्रेसन गरिन् ।

सौभाग्य बाई पाल्की बुटिकको प्रथम वार्षिक उत्सबको शुभकामना ब्यक्त गर्दै अभिनेत्री करिश्मा मानन्धरले विवाह, ब्रतबन्ध, पासनी, जस्ता कार्यक्रमलाई अझ भव्य र आलिसान बनाउन सो बुटिकले उत्कृष्ट डिजाईनका पहिरनहरु प्रस्तुत गर्दै आएकोमा खुसी प्रकट गर्दै भनिन्, ‘यहाँ त विवाहका लागि आबस्यक बेहुला बेहुलीका राजसी शैलीदेखि सबै प्रकारका पारम्पारिक तथा आधुनिक किसिमका उत्कृष्ट डिजाईन पाईँदो रहेछ ।

साथै विवाहको लागि आबस्यक पाल्की, डोलीदेखि विवाह रसममा प्रयोग हुने विभिन्न चाँदीका सामानहरु, माना, पाथी, ब्रतबन्धमा प्रयोग हुने धनुषलगायतका विविध सामग्री पनि भाडामा पाईने हुँदा मलाई यो बुटिक निकै राम्रो र अरु भन्दा फरक लाग्यो ।’ यो बुटिकलाई उनले शुभकामना व्यक्त गर्दै विवाह, ब्रतबन्ध, पास्नी, पुजाजस्ता समारोहलाई र उत्सब बनाउन सौभाग्य द पाल्की बुटिकले सबैलाई सेवा दिने भनाई करिश्माले सो कार्यक्रममा राखिन् ।  

भाटभटेनी मन्दिर नजिक बिगत पाँच वर्षदेखि पाल्की बुटिक सञ्चालन गर्दै आएका मिना राणा, एलिजा ज्ञवाली राणा, शर्मिला रेग्मीले एक वर्ष अघि पाल्कीको दोश्रो आउटलेटको रुपमा कमलपोखरीमा पनि सौभाग्य बाई पाल्की बुटिक सञ्चालनमा ल्याएका हुन् । यो क्रममा २१ माघबाट २९ माघसम्म विभिन्न कार्यक्रमको आयोजना गरेर सौभाग्य बाई पाल्की बुटिकको वार्षिक उत्सब मनाईँदै आएको सञ्चालक शर्मिला रेग्मीले बताईन् । प्रथम वार्षिक उत्सबको अबसरमा यो बुटिकमा ४० प्रतिसतसम्म छुट पनि दिईएको शर्मिलाले जानकारी गराईन् ।

saubhagya by palki butique- 1st anniversary (2).jpg

यो बुटिकमा बेहुला बेहुलीको सबै प्रकारको सेट सहितको पहिरन, विवाहको लागि आबस्यक सबै प्रकारको पारम्पारिक पहिरनदेखि विविध सामग्री पाईने पनि उनले बताईन् ।
‘हाम्रो बुटिक चैं विवाह, ब्रतबन्ध, पास्नी, पुजा जस्ता समारोहलाई लक्षित गरेर सञ्चालनमा ल्याईएको हो । हामी तीन जना महिलाले सञ्चालन गर्दै आएको यो बुटिकमा विवाहको लागि बेहुला बेलुको सबै प्रकारको सेट पहिरन सहित, साडी, कुर्था सुरुवाल, गाउन, सेरवानी जस्ता विभिन्न प्रकारका गुणस्तरयुक्त र उत्कृष्ट पहिरनहरु पाईन्छ ।’ अर्की सञ्चालक एलिजा ज्ञवाली राणाले सो वार्षिक उत्सब समारोहमा भनिन् ।

कार्यक्रममा विभिन्न व्यक्तिहरुले सौभाग्य बाई पाल्कीको योगदानबारे चर्चा गर्दै यो बुटिकको प्रथम वार्षिक उत्सबको अबसरमा शुभकामना ब्यक्त गरे ।