चलचित्र ‘अगस्त्य’को ‘मायामा तिम्रै मायामा’ गीत सार्वजनिक

...

माघ, काठमाडौँ । चलचित्र ‘अगस्त्य च्याप्टर १’मा समावेश गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक गरिएको छ । भ्यालेन्टाइन डेको छेको पारेर फागुनको १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको यस गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, योगीकै संगीत, सविन एकतारेको शब्द छ । 

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू सौगात मल्ल, मलिका महत र रवीन्द्र झा लगायतलाई फिचरिङ गरिएको छ । गीतमा सौगात र मलिकाको प्रेम देखाइएको छ । सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्र लगायतको अभिनय छ । 

यो चलचित्रको फस्टलुक सार्वजनिक भएपछि यसको चर्चा निकै बढेको छ । यस्तै, चलचित्रको टिजर सार्वजनिक भएपछि यसको हाइप उच्च छ । डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा प्रकाश मल्ल, अनिश तामाङ, विनोद पौडेलको लगानी छ ।

यस्तै, चलचित्रमा विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रमा संजय लामाको छायांकन, मनोज श्रेष्ठको भीएफएकस, कविराज गहतराजको कोरियोग्राफी, सुप्रिम पराजुलीको कलर छ ।

यो चलचित्र फागुन १८ गते नेपालसँगै अमेरिका र बेलायतमा पनि रिलिज हुनेछ । अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, जापान, कोरिया, हङकङ र थाइल्याण्डमा १ सय ५० शो, अष्ट्रेलीया र न्युजिल्यान्डमा पाँच सय शो र मध्य पूर्वका देशहरूमा ७ सय ५० शोज उपलब्ध हुने निर्माताको भनाई छ ।