भ्यालेन्टाइनमा इन्दिरा र राजनराजको ‘क्यारी भेटुम’ सार्वजनिक

...

फागुन, काठमाडौँ । भ्यालेन्टाइन सप्ताहको अवसरमा गायिका इन्दिरा जोशी र गायक राजनराज सिवोकोटीको नयाँ गीत सार्वजनिक गरिएको छ ।  ‘क्यारी भेटुम’ बोलको गीतमा राजनराजकै संगीत रहेको छ भने राजेन्द्र थापाको शब्द रहेको छ । 

रोमान्टिक अनि रमाइलो भिडियोमा इन्दिरा जोशी र प्रभात पल ठकुरी फिचर रहेका छन् । बिकास प्रसाईको निर्देशन र सम्पादन रहेको भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ। भिडियोलाई राम केसीले खिचेका छन् । भिडिओले युट्युवमा अपेक्षित भ्युज पाउन नसकेपनि राम्रो प्रतिक्रिया पाइरहेको छ । भिडिओ इन्दिरा जोशी युट्युव च्यानलमा अपलोड छ ।