प्रेक्षा र रञ्जनको ‘जीत मान्दीन’मा प्रभात र प्रनिमाको अभिनय

...

फागुन, काठमाडौँ । गायिका प्रेक्षा लम्साल र गायक रञ्जन राईको आवाजमा नयाँ गीत ‘जीत मान्दीन’ सार्वजनिक गरिएको छ । ज्ञानेन्द्र गिरीको  शब्द, संगीत, एरेन्ज रहेको जीत मान्दीनमा विशाल निरौलाको मिक्सिगं तथा मास्टरिगं रहेको छ । मोडलद्धय प्रभात पाल ठकुरी र प्रनिमा दाहालको अभिनय रहेको भिडियोमा प्रेम र रोमान्सलाई देखाइएको छ ।

मनाङ्गको रमणीय स्थानमा छायांकन गरिएको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् । राकेश दाहालले सम्पादन गरेको भिडियोको निर्देशन केशवराज भट्टले गरेका हुन् । डिसी अधिकारी प्रस्तुतमा निर्माण भएको  भिडियो बिहीबार प्रनिमा दाहाल अफिसियल च्यानलबाट सार्वजनिक गरेको छ ।