समीक्षा र विज्ञानको ‘डिजेल गाडी’ गीत सार्वजनिक

...

फागुन, काठमाडौँ । गायक विज्ञान न्यौपाने र गायिका समीक्षा अधिकारीको स्वरमा ‘डिजेल गाडी’ बोलको गीत सार्वजनिक गरिएको छ । नेपमेलो र गायक विज्ञान न्यौपानेको संयुक्त प्रस्तुति रहेको गीतमा शब्द लय र म्युजिक प्रोडक्सन समीर आचार्य र नेपमेलो स्टुडियोको रहेको छ ।

शनिबार नेपमेलो युटुयुव च्यानलबाट रिलिज गरिएको गीतको भिडियोमा देवेन्द्र बब्लु र करिष्मा ढकालको जोडीलाई देख्न सकिन्छ । भिडियोलाई सान थापाले गरेका हुन् । अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।